
दोधारा । दोधारा चाँदनी नगरपालिकाको मलेरिया नाला पक्की तटबन्ध निमार्णले तिब्रता पाएको छ् । दोधारा चाँदनी नगरपालिका– २ को मलेरिया नालामा संघिय सरकार र स्थानिय सरकारको सयुक्त लगानीमा पक्की तटबन्ध निमार्ण कार्यले अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले बताउनुभएको छ् । बिगत लामो समय देखि जग्गा कटानी संग वर्षायामका नालाको पानी बस्तीमा पस्ने हुदा मलेरिया नालामा चालू आर्थिक वर्षमा प्रदेश सरकार र स्थानिय सरकारको मेचिङ्ग फण्डबाट ७ सय मिटर लामो पक्की तटबन्ध निमार्ण गर्न थालिएको हो ।

उक्त तटबन्ध निमाण संग दोधारा चाँदनी– २ का हुनैनाथ टोल, कृष्ण नगर, सरस्वती टोल, पुर्णागिरी टोलका झण्डै २ सय घरपरिवार लाभान्भित हुने बताईएको छ् । निमार्ण कार्य अघि बढाईए संगै स्थानियहरुमा खुशी छाएको छ् । वर्षायाममा मलेरिया नालामा पानीको बहाव तिब्र संगै जग्गा कटानी र पानी ओभरफ्लो भएर बस्तीमा पस्दै आएको थियो । निमार्ण कार्य सम्पन्न भए संगै बाढीको समस्या निराकरण हुने स्थानियहरुले बिश्वास लिएका छन् ।

उक्त निमार्ण कार्य न्यु हुनैनाथ निमार्ण सेवाले जिम्मा लिएको छ् । अहि अषाढ मसान्तमा सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ् । वर्षौ देखि तटबन्ध निमार्णको माँग राख्दै आएका स्थानियहरुले पक्की तटबन्ध निमार्ण हुन लागेपछि खुशी छाएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयका ईन्जिनियर दिपेन्द्र भट्का अनुसार निमार्ण कार्य सन्तोषजनकरुपमा सन्चालन भईरहेको बताउनुभएको छ् ।







