कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश पुरुष हक्की टिमको बिदाई


कञ्चनपुर: जिल्लाको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने राष्ट्रिय प्रतियोगिताका लागि पुरुष हक्की टिमको बिदाई गरिएको छ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै कञ्चनपुर जिल्ला खेलकुद समितिको कार्यालयमा चौथो गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्कि प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको पुरुष हक्की टिमलाई कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरिले टीका र खादाका साथ बिदाई गरिएको कञ्चनपुर जिल्ला हक्की संघका उपाध्यक्ष राजप्रताप सिंहले बताउनु भयो। प्रतियोगिता कोशी प्रदेशको बिराटनगरमा २०७९ चैत्र २२ देखि २८ गते सम्म सञ्चालन हुने छ।उनका अनुसार सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्दै राष्ट्रिय पुरुष हक्कि प्रतियोगिताका १६ सदस्य खेलाडी र टिम प्रशिक्षक , व्यवस्थापक लगायत १८ सदस्यीय टोलिलाई बिदाई गरिएको हो। टिम प्रशिक्षकमा बिमला भट्ट र व्यवस्थापकको जिम्मेवारी कमलेश ओझा लाई दिएको छ। प्रतियोगिता कोशी प्रदेशको बिराटनगरमा २०७९ चैत्र २२ देखि २८ गते सम्म सञ्चालन हुने छ।


ताजा समाचार

spot_img