दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुलमा सरसफाई कार्यक्रम सम्पन्न


दोधारा । पर्यटकिय स्थलका रुपमा रहेको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल क्षेत्रमा नेपाल प्रहरी र स्थानियले सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ४ स्थित रहेको महाकाली झोलुङ्गे आसपास क्षेत्रमा आज नेपाल प्रहरी र स्थानियहरुले सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन् । पर्यटकिय क्षेत्रकोरुपमा रहेको महाकाली झोलुङ्गे पुलमा फोहर हुन थालेपछि नेपाल प्रहरी अस्थायी पोष्ट झोलुङ्गे पुलका प्रहरी सहायक निरिक्षक बिरेन्द्र बहादुर पुजाराको नेतृत्वमा स्थानियबासी तथा बजार ब्यवस्थापन समितिको टोलीले सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा दोधारा चाँदनी– ४ का वडा सदस्य पदम राज भट्ट, अस्थायी प्रहरी पोष्ट झोलुङ्गेका प्रहरी सहायक निरिक्षक बिरेन्द्र बहादुर पुजारा, सामाजसेवी गगन सिंह धामी लगाएत माईती नेपालका कर्मचारी, ब्यापारी तथा स्थानियहरुको सहभागिता रहेको थियो । पुल नजिक रहेका फोहर मैला सफा गर्नुको साथै फोहरलाई संकलित गरि फोहर ब्यवस्थापन गर्न सबैलाई आग्रह गरिएको बताईएको छ् ।

समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट झोलुङ्गेले सरसफाई कार्यक्रमको आयोजना गरेको हो । समुदायमा प्रहरी संग–संगै छ भन्ने महसुस गराउन स्थानीय स्तरमा हुने अपराधिक कृयाकलापलाई न्यूनिकरण गर्न सहज होस भने उद्देश्यले नेपाल प्रहरीले दोधारा चाँदनी नगरपालिकाको विभिन्न स्थानहरुमा रचनात्मक कृयाकलापहरु सञ्चालन गर्दै आएको छ् ।

प्रहरीलाई नागरिक मैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताईएको छ् । नगर क्षेत्र सरसफाई गरेर नगरवासीलाई सांकेतिक रुपमा नगर सफा राख्नु नगरपालिकाको मात्र नभई आफ्नो पनि दायित्व रहेको बोध गराएको छ् ।


ताजा समाचार

spot_img