प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा सर्पदंश उपचार सेवाको तयारी : स्वास्थ्य सेवा बिभागले गर्‍यो निरिक्षण


दोधारा । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सर्प दंश उपचार संचालनको लागी स्वास्थ्य सेवा बिभागले निरिक्षण गरेको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा सर्पदंशको उपचार सेवा संचालनका लागी स्वास्थ्य सेवा बिभाग ब्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा लगाएतको टोलीले निरिक्षण गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् । निरिक्षण टोलीमा स्वास्थ्य सेवा बिभाग ब्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा, स्वास्थ्य सेवा बिभागका बरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गेना, राष्ट्रिय तालिम केन्द्रका बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम भुषाल, सामाजिक बिकास मन्त्रालय कैलालीका बरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार, महाकाली प्रादेशिक अस्पतालका डा. अर्जुन भट्ट, नाक, कान तथा घाटी रोग बिशेषज्ञ प्रशान्त भट्ट लगाएत रहेका थिए ।

यस्तै निरिक्षणको क्रममा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेत, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका निमित्त कार्यालय प्रमुख डा. राजेश जोशी, एमडिजीपी डा. पवन कुमार शाह, डा. आसिफ मन्सुर लगाएत स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो । सर्पदंश प्रभावित क्षेत्र मानिने दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामुदायिक सर्पदंश उपचार केन्द्र स्थापनाको तयारी सुरु गरिएको बताईएको छ् । सर्प दंश उपचार संचालन कार्यविधी संचालन पछि उपचार सेवा संचालन गर्न प्राथमिक स्वास्थ्य केन्द्र दोधारा तयारीमा जुटेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेका बासिन्दा बर्षेनी सर्पको डसाईबाट पीडित हुने गरेका छन् । सर्प दंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सर्प दंशको कारण उपचारबाट वञ्चित हुने गरेका छन् । सर्पको टोकाई जस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्ग भङ्ग समेत हुने गरेको छ् । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ् । दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले सर्प दंशको कारण उपचार नपाएर ज्यान गुमाउनु परेको पिडालाई रोक्न आफुले प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार सेवा गर्ने तयारीमा जुटेका बताएका छन् । ‘स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न नगर अस्पताल बनाउदैछौ’ नगरप्रबक्ता ओंम बस्नेतले भने ।

त्यस्तै भेटघाटको क्रममा नगरप्रबक्ता बस्नेतले आफू निर्वाचन भएर आएदेखी नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्दै आएको र स्वास्थ्यका क्षेत्रमा केही दीर्घकालीन प्रवाह पार्ने काम गर्न खोजिरहेको बताउदै दोधारा चाँदनी नगरपालिकाको स्वास्थ्य अवस्था र भावी योजना बारे महाशाखा प्रमुख शर्मालाई जानकारी बताएका छन् । कस्वास्थ्य केन्द्रले प्रदान गरेको सेवा र नगरप्रबक्ता बस्नेतको स्वास्थ्य सम्बन्धि भावी योजनाको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा.सर्वेश शर्माले प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

महाशाखा प्रमुख डा.सर्वेश शर्माले आगामी दिनमा प्राथमिक स्वास्थ्य कैनद्र दोधाराको स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने सहयोग गर्ने बताए ।

महाशाखा प्रमुख डा.सर्वेश शर्माको टोलीले स्वास्थ्य केन्द्रले दिईरहेको सेवा र उपकरण तथा निमार्णक्रममा रहेको १५ सय्याको अस्पतालको समेत निरिक्षण गरेका छन् ।


ताजा समाचार

spot_img