घरेलु हिंसा न्युनिकरण गर्न दोधारा चाँदनीमा प्रहरी सक्रिय


दोधारा । दोधारा चाँदनी नगरपालिकामा महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा न्युनिकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालयको आयोजनामा दोधारा चाँदनी– ४ महाकाली झोलुङ्गे पुल क्षेत्रमा महिला तथा बालबालिका माथिको हुने घरेलु हिंसा न्युनिकरण जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् । प्रहरी सहायक निरिक्षक बिरेन्द्र बहादुर पुजाराको नेतृत्वमा संचालित घरेलु हिंसा न्युनिकरण जनचेतनामुलक कार्यक्रममा स्थानिय, जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

लौगिंक हिंसा, यौन हिंसा, घरेलु हिंसा, बालबलिका माथि हुने दुव्र्यवहार बारे विस्तुत जानकारी गराईएको प्रहरीले जनाएको छ् । कुनै पनि हिंसा, दुर्व्यवहार जस्ता घटनाहरु सहने र दवावमा नबस्ने तथा यस्ता घटनाहरु भएमा तुरुन्तै प्रहरीलाई जानकारी दिन अनुरोध गरिएको छ् ।

घरेलु हिंसा न्युनिकरणका लागि महिला पुरुषको भुमिका बराबर हुने र पछिल्लो समय पारिवारिक सम्बन्ध बिछेदका घटनाहरु बढिरहेकोले त्यस तर्फ महिला पुरुष दुबैले आफ्ना कमजोरीहरुको महसुस गरी सबन्धलाई बलियो बनाउन महिला पुरुष दुबै सजक हुनु पर्ने कार्यक्रममा बताईएको छ् ।


ताजा समाचार

spot_img