१५ सय्याको अस्पताल निमार्ण कार्यको दोधारा चाँदनीका मेयर लिम्बुद्धारा अनुगमन


दोधारा । दोधारा चाँदनी नगरपालिकामा निमार्ण क्रममा रहेको १५ सय्याको अस्पताल दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु सहितको एक टोलीले आज निमार्ण क्रममा रहेको १५ सय्याको अस्पतालको अनुगमन गरेका हुन् । दोधारा चाँदनी नगरपालिकामा १५ सय्याको अस्पताल निमार्ण कार्यले तिब्रता पाएको छ् । निमार्ण क्रममा मध्यवर्ती क्षेत्रको कारण केही समस्या देखा पर्दै आएपनि निमार्ण कार्य सुचार भईरहेको बताईको छ् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको स्त्तोरउन्नती गर्दै दोधारा चाँदनी नगरपालिकामा १५ सय्याको अस्पताल निमार्ण गर्ने नेपाल सरकारको घोषणा संगै दोधारा चाँदनी नगरपालिका– ६ महाकाली नदी नजिक निमार्ण कार्यले तिब्रता पाएको हो । केएस जेवी बाशुलिङ्ग मित्र जेवीको झण्डै रु. १० करोड ८५ लाखमा ठेक्का पाए पछि निमार्ण कार्यले तिब्रता पाएको हो । दुई तले भवनमा लिफ्ट लगाएत आधुनिक सुबिद्या रहेको केएस जेवी बाशुलिङ्ग मित्र जेवीका प्रो. अनिल पाँण्डेले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडा सदस्य गगन बहादुर सिंह, हिमालय मध्यवर्ती ब्यवस्थापन समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंह, निमार्ण ब्यवसायी धिर प्रताप पाण्डे लगाएत टोलीले निमार्ण कार्यको स्थालगत अनुगमन गरेका हुन् ।

मेयर लिम्बुले निमार्ण कार्यमा लागेका सामग्री, निमार्ण कार्यको अवस्था बुझन अनुगमन गरेको बताएका छन् । निमार्ण कार्य सन्तोषजन रहेको मेयर लिम्बुले जनाएका छन् । गएको वर्ष देखि निमार्ण कार्य सुरु गरिएको उक्त निर्माधिन अस्पताल यहि अषाढ मसान्तमा सम्पन्न गर्ने निमार्ण कम्पनीले लक्ष्य राखेको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा आधुनिक सुबिद्या सम्पन्न अस्पताल निमार्ण भए संग स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बिश्वास लिईएको छ् ।

दोधारा चाँदनी नगरप्रमुख किशोर कुमारले १५ सय्याको अस्पताल निमार्ण संग स्वास्थ्य क्षेत्रमा प्रगती हुने बिश्वास लिएका छन् । बिगतका दिनहरुमा भारतिय सिमा शहरहरुमा महंगा अस्पतालमा पुगेर खर्चिलो स्वास्थ्य सेवा लिदै आएका नगरबासीले घर नजिकै सस्तोमा स्वास्थ्य सेवा पाउने भएको दोधारा चाँदनीका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।


ताजा समाचार

spot_img