दोधारा । दोधारा चाँदनी नगरपालिकामा निड्स नेपाल कञ्चनपुरले संचालन गरेको परियोजनाको अनुगमन तथा अन्तरक्रिया सम्पन्न गरेको छ् । निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संचालन गरेको बिपद् पुर्व तयारी प्रतिकार्य तथा पुनलाभका लागी समुदायको सबलिकरण परियोजनाको अनुगमन तथा स्थानियबासी तथा जनप्रतिनिधी संग अन्तरक्रिया सम्पन्न गरेको छ् । निड्स नेपालको दातृ संस्था अक्सफम अमेरिकाका रिजनल म्यानेजर जिसन महर, सल्लाहकार मेरियन क्यावनेज लगाएत परियोजना संचालन भएका फिलिपिन्स, ईन्डोनेशिया, बंगलादेशका संस्थाहरुको प्रतिनिधी, निड्न नेपालका भवराज रेग्मी, ईश्वर उपाध्याय, शुनिल सेठ्ठी, भावना जोशी बोक्टी, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु लगाएत टोलीले निड्सले संचालन गरेको बिपद् पुर्व तयारी प्रतिकार्य तथा पुनलाभका लागी समुदायको सबलिकरण परियोजनाको अनुगमन संगै दोधारा चाँदनी नगरपालिका छरिरहेका बिपद् ब्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरु संग परियोजना संचालन पश्चातको प्रभाव तथा आगमी दिनहरुमा गर्नु पर्ने कार्यको बिषयमा छलफल गरेका छन् ।


दोधारा चाँदनी नगरपालिका कार्यालयमा निड्स नेपाल, आक्सफम अमेरिकाको टोलीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु संग भेट गरि परियोजनाले गरेको कार्यको बारेमा छलफल चलाएका थिए । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले निड्स नेपालकले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संचालन गरेको परियोजनाले स्थानिय सरकारलाई निकै सहयोग गर्दै आएको बताउदै दोधारा चाँदनी नगरपालिकाको बिशेषत : वडा नं. ८, ९ र १० वडा बाढीको उच्च जोखिममा रहदै आएको हुदा केही महिना भित्र निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र सहकार्यले बाढीको बेला धनजन संगै मानविय क्षती रोक्न सेभ हाउस निमार्ण कार्य अघि बढाईएको बताएका छ् ।


दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढी आएको बेला निड्स नेपाल लगाएत संस्थाको मानविय कार्यमा उल्लेखनिय कार्य गर्दै आएको बताउदै मेयर लिम्बुले निड्स नेपाल कञ्चनपुरको परियोजनाको प्रशंसा गरेका छन् । बिप्द ब्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा निड्स नेपालले बिपद्को क्षेत्रको गरेको कार्य उल्लेखनिय रहेको निड्स नेपालको दातृ संस्था अक्सफम अमेरिका टोलीलाई बताउदै मानविय कार्यमा सघाउदै आएको बताएका छन् ।








