कञ्चनपुर : नेपाल शिक्षक संघ भीमदत्त नगरको अध्यक्षमा धर्मानन्द जोशी चयन भएका छन । नेपाली काँग्रेस निकट शिक्षक संघ भीमदत्त नगरको अध्यक्षमा जोशी चयन भएका हुन । शिक्षक संघ भीमदत्त नगरको दोस्रो अधिवेशनबाट अध्यक्षमा जोशी सर्वसम्मत भएका भएका छन ।

उपाध्यक्ष कृष्णराज पनेरु , महिला उपाध्यक्ष पार्वती विष्ट, सचिव बिरेन्द्र सिह बोहरा, अर्थ सचिव तिर्थराज लेखक, सह सचिव जय बहादुर विष्ट, महिला सह सचिव दुर्गा देउवा, अर्थ सहसचिव हिरा सिह ऐरी समाबेसी सह सचिव अम्बादत्त जोशी, जनकराज जथोशी, सदस्यमा निर्मला पन्त(जोशी), दुर्गा विष्ट, द्रोपती जोशी, जनकराज पण्डित, विष्णू प्रशाद बोगटी, माधवराज जोशी, मोहन सिह साउद, जिवन कुमार जोशी, ईन्द्र नाथ, डम्बर दत्त भट्ट, रविन्द्र रावत रहेका छन ।

नेपाल शिक्षक सघ भीमदत्त नगरको अध्यक्षमा चयन भएका धर्मानन्द जोशीले शिक्षकको हक हितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







