दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालयले महिला दिवसको अवसरका उद्यमी महिलाहरुलाई सम्मान गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले आउदो २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दोधारा चाँदनीका १० जना उद्यमी महिलाहरुलाई सम्मान गर्ने भएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् ।

प्रत्येक वर्ष मनाउदै आएको महिला दिवस यस पल्ट पनि धुमधामले मनाउन तयारी भईरहेको छ् । महिला दिवसको दिन दोधारा चाँदनी नगरपालिका– १० स्थित ओंमकार आधाभुत बिद्यालयबाट मोटरसाईल, ट्याक्टर ऱ्याली गर्दै साबिकको चाँदनी गाबिसको प्रांगणमा कोण सभामा परिणत हुने भएको छ् ।

बिभिन्न जनचेचनामुलक नारा बाचन, पम्पलेट प्रदर्शन गर्ने कार्यक्रम रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । महिला दिवसमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), माईती नेपाल संस्थाले सघाउने बताईएको छ् ।







