दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको निमार्णधिन भवन निमार्ण कार्यमा काम गर्दै आएका एक भारतिय कामदार बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ बस्नेत टोल नजिक निमार्ण भईरहेको १५ सय्याको अस्पताल निमार्णमा वर्ष अन्ताजी ४० का भारतिय कामदार निजाम मुद्धिम गएको १२ गते देखि बेपत्ता भएको उनिहरु संग काम गर्दै आएको भारतिय कामदार लाल मोहमदले जानकारी दिएका छन् ।

उनिहरु भारतको बिहार राज्यको ढोल बज्जाका निवासी हुन् । कामको सिलसिलामा दोधारा चाँदनी नगरपालिका पुगेका उनिहरु एक दिन देखि निमार्ण क्रममा रहेको १५ सय्याको अस्पतालमा मजदुरी गर्दै आएको हुन् । कामदार निजाम मुद्धिमको मानसिक सन्तुलन राम्रो नभएको र उनि केही दिन अघि रातीको समयमा समेत बेपत्ता भएका थिए ।

मानसिक सन्तुलन राम्रो नभएको भनिएको कामदार निजाम मुद्धिमलाई खोजी गरिदिन लाल मोहमदले ईलाका प्रहरी कार्यालयलाई निबेदन समेत दिएका छन् । कामदार लाल मोहमदको घरपरिवारलाई बेपत्ता भएको बारेमा जानकारी गराईसकेको बताईएको छ् ।







