दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिद्यालयको शैक्षिक गुणस्तर उकास्न गम्भिर देखिएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकामा रहेका ७ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरु संग अन्तरक्रिया अघि बढाएका छन् । मेयर लिम्बुले लक्ष्मी माबि, जनज्योती माबि, अम्बिका माबि र आज भानु माबिका बिद्यार्थीहरु संग बिद्यालयका समस्याका बारेमा छलफल गरेका छन् । विशेष गरी सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान हुन छाड्यो भन्ने जनगुनासो सुन्न थालिएपछि मेयर लिम्बुले दोधारा चाँदनी नगरपालिकामा रहेका माध्यमिक तहका बिद्यार्थीहरु संग अन्तरक्रिया बढाएको बताईएको छ् । बिद्यालयका मुख्य समस्या बिद्यार्थीहरुबाट आउने हुदा मेयर लिम्बुले बिद्यालयका समस्या समाधानको लागी बिद्यार्थीहरु संग अन्तरक्रिया थालेका छन् ।


बिगतका दिनहरुमा गरेका जनप्रतिनिधीहरुले भन्दा फरक खालको अनुगमन तथा समस्या निराकरणको लागी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु खरो उत्रेका छन् । आफु पनि शिक्षा क्षेत्रबाट आएको बताउदै मेयर लिम्बुले शिक्षा क्षेत्रलाई आधुनिकरण गर्न सके नगर क्षेत्रको बिकासले फड्को मार्ने उनको भनाई रहेको छ् । यस अघि दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुको पहलमा स्थानिय पाठ्यक्रम निमार्ण गरि कार्यान्वय गरिएको छ् । आज दोधारा चाँदनी– ६ स्थित रहेको भानु माबिमा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बिद्यार्थीहरु संग अन्तरक्रिया गरेका छन् । बिद्यार्थी तथा बिद्यालयको बारेमा बिद्यार्थीहरुले मेयर लिम्बु संग छलफल गरेका छन् ।


दोधारा चाँदनी नगरपालिकाका धेरै जसो बिद्यालयमा खानेपानी, शौचालय, पर्खाल, शिक्षक लगाएत प्रमुख समस्या बिद्यार्थीहरुले मेयर संग राख्दै आएका छन् । बिद्यालय तथा आफुहरुको समस्या बिद्यार्थीहरुले मेयर लिम्बुलाई राख्दै तत्कालै समस्या हल गरिदिन आग्रह गरेका छन् । बिद्यालय ब्यवस्थापन समिति, शिक्षक तथा अभिभावकबाट धेरै बिद्यालयका समस्या नआउनसक्ने हुदा बिद्यालयमा पुगेर बिद्यार्थी संग मेयरले प्रत्यक्ष छलफल गर्न थालेका हुन् । शिक्षाको गुणस्तर सुधारका लागि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले गर्दै आएको बिद्यार्थी संग अन्तरक्रियाले सार्थकता पाउने अभिभावहरुले बताएका छन् । मेयर किशोर कुमार लिम्बुले समय अनुकुल विद्यालयमा पुगी गुनासो संकलन तथा समस्या समाधानको उपाय खोज्न थालेका छन् ।


बिद्यार्थीहरुको समस्यालाई समयमा हल गरि शिक्षा क्षेत्रको बिकास गर्न आफु लागि परेको मेयर लिम्बुले बताएका छन् । भानु माबिमा कक्षा ८, ९ र १० मा अध्यनरत बिद्यार्थीहरुले मेयर लिम्बुलाई खुलेरै समस्या दर्शाएका छन् । आफ्नो स्थानिय सरकारको प्रमुखलाई खुलेर समस्या राख्न पाएकोमा बिद्यार्थीहरुले खुशी ब्यक्त गरेका छन् । बिद्यार्थीहरुले राखेका समस्या पुरा गर्न आफु कटिबद्ध रहेको मेयर लिम्बुले बताएका छन् ।
आजको बिद्यार्थी संग मेयरको अन्तरक्रिया कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, भानु माध्यमिक बिद्यालयका प्रअ यज्ञराज पण्डित, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगाएत शिक्षक तथा बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।






