कञ्चनपुरमा आधुनिक मासु पसल

कञ्चनपुर : कञ्चनपुरमा मासु पसल सुधार हुँदै गएका छन । सरकारी निकायबाट समेत व्यवसायीलाई सहयोग पाईएपछि मासु पसल सुधार हुँदै गएका हुन । अहिले मासु व्यवसायीले मेसिनबाटै मासु काट्नेदेखि पसल चिटिक्क सरसफाई बनाएका छन । विगत लामो समयदेखि परम्परागत रुपमा मासु बिक्रि वितरण गर्दै आएका मासु व्यवसायीले आधुनिक पसल निर्माण गरेका छन । सरकारी निकायबाट मासु पसल सुधारका लागि अनुदान सहयोग पाएपछि व्यवसायीले मासु पसल स्तरिय बनाउन लागेका छन । सडक छेउछाउ, जथाभावि मासु बिक्रि वितरणले मानव स्वास्थ्य प्रभाव पारेपछि पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले युवा व्यवसायीलाई मासु पसल सुुधारका लागि अनुदान दिएको छ । कतिपयले सरकारी निकायबाट लिने अनुदान दुरुपयोग गरेपनि पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयबाट पाएको अनुदान सदुपयोग गर्दै आधुनिक मासु पसल सुधार गरेका छन ।

भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगर रोहित मिटमार्टका संचालक लक्ष्मण सिह कार्कीले दुई पटक पाएको अनुदान सदुपयोग गरेका छन । उनले मासु काटिङ्गका विभिन्न ६ मेसिन, जेनेटर, मासु पसल आधुनिक निर्माण गरेका छन । ०६४ सालदेखि मासु व्यवसाय गर्दै आएका कार्कीलाई सरकारले आधुनिक मासु पसल बनाउन अनुदान दिएसंगै मासु पसल सुधार गरेका छन । ‘मैले डेढ दशकदेखि मासु व्यवसाय गर्दै आएको छुँ, कार्कीले भने, ‘सरकारबाट दुई पटक १०/१० लाख रुपैया अनुदान पाएपछि मेसिन खरिददेखि जेनेटर र मार्बल सिसा लगाएको छु ।’ कार्कीले आर्थिक बर्ष ०७६/०७७ र आर्थिक बर्ष ०७८/०७९ मा १०/१० लाख अनुदान पाएका थिए । रोहित मिटमार्टका संचालक कार्कीले दैनिक २ सय किलो कुखुराको मासु, ५० किलो खसी, १५/२० किलो माछा, १०/१२ लोकल कुखुराको मासु सहित अण्डा बिक्रि वितरण गर्दै आएका छन । ‘मेरो पहिले परम्परागत मासु पसल थियो, कमै खपत हुन्थ्यो, ‘उनले भने, ‘अहिले आधुनिक पसल भएपछि खपत बढिरहेको छ, ग्राहकपनि आईरहेका छन ।’ ग्राहकलाई चाहिएजस्तो मेसिनबाट मासुको ग्रेडिङ्ग गरेर बिक्रि वितरण गर्दै आएको उनले बताए । रोजगारीका लागि केही समय भारत पसेका कार्की स्वदेश फर्किएर मासु व्यवसायमा लागेर बार्षिक २ करोड बराबराको कारोबार गर्दै आएका छन । बेदकोट नगरपालिका ७ लालपुर स्थित केएफजी मिट मिटमार्टका संचालक धिरेन्द्र डगौरालेपनि सरकारी सहयोगपछि मासु ग्रेडिङ्ग मेसिन खरिद गरिएको बताए । तीन दशकदेखि मासु व्यवसाय गर्दै आएका डगौराले पहिले सडक छेउमा यस्तै परम्परागत रुपमा पसल थापेर बिक्रि वितरण गर्दै आएको बताए ।

‘मैले ०४६ देखि ०५२ सम्म सडक छेउमै यस्तै फड हालेर मासु पसल चलाएको थिए, ‘त्यसपछि केही सुधार गरे, अहिले पक्की संरचनामा आधुनिक बनाएको छु ।’ उनले आर्थिक बर्ष ०७७/०७८मा १५ लाख रुपैया मासु पसल सुधारका लागि अनुदान पाएका थिए । आफ्नै र सरकारी लगानीमा मासु पसल सुधार गरिएको उनले बताए । ‘केही मेसिन, औजार, एव पसल सुधारका लागि सिसा लगाउनेदेखिका उपकरण राखिएका छन, ‘उनले भने, ‘अहिले मासु पसल सुधार भएपछि केएफजी ग्राहकको रोजाई बनेको छ ।’ डगौराले घरमै माछा र बङगुर पालेका छन । उनलाई कच्चा पर्दाको समस्या भएको छैन । ‘अब फेरी मासु पसलको थप सुधार गछौँ, ‘उनले भने, ‘अहिले जति त त्यतीमै चलाईरहेका छौँ ।’ केएफजीबाट बोईलर कुखुरा, बङगुरको मासु, माछा एव अण्डा बिक्रि वितरण भईरहेको छ ।

डगौराले बार्षिक डेढ करोडको कारोबार गर्दै आएका छन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा.पानसिह ठगुन्नाले सरकारले जनता(उपभोक्ता)लाई स्वच्छ मासु उपलब्ध गराउने उदेश्यले मासु पसल सुुधारका कार्यक्रम ल्याएको बताए । जनस्वास्थ्यको ख्याल गरेर सरकारले मासु पसल सुधारका लागि योजना अनुरुप कञ्चनपुरमा उक्त मासु पसल सुधार गरिएको बताए । ‘पहिले ठाँउ सडक, खोला छेउछाउ जहाँतही यत्रतत्र मासु बिक्रि वितरण हुन्थ्यो, ‘उनले भने, ‘सरकारले नमुनाका रुपमा केही मासु पसर सुधार कार्यक्रम ल्याएसंगै अन्य मासु पसल समेत क्रमिक सुधार भईरहेका छन ।’ उपभोक्ताले जुन मासु पसल सुधार छ, झिङगा भन्किएका छैनन, स्पच्छ मासु सफा सुगर पसल छ, त्यही पसल रोज्न थालेपछि त्यसको प्रभाव अन्य मासु पसलले समेत सुधार गरिरहेको उनले बताए । ‘केन्द्र, प्रदेश र जिल्लाबाट अनुदानदेखि अन्य प्राविधिक सहयोग सुधारका लागि बेला बेला अनुगमन गर्दै कमिकमजोरी सच्याउन लगाउँछौँ, ‘उनले भने, ‘मासु पसल सुधार गरेर उपभोक्ता(नागरिकलाई) स्वच्छ, स्वास्थ्यकर मासु उपलब्ध गराउने लक्ष्य हो ।’ मासु पसल सुधारिदै गएपछि उपभोक्तालाई समेत सहज भएको छ ।

ताजा समाचार

spot_img