दोधारा । दोधारा चाँदनी नगरपालिकामा दुग्ध डेरी तथा मिष्ठान पसल संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको उन्नत भैसी पालन ब्लक समन्वय समितिले कृषकहरुले समस्यालाई मध्यनजर राख्दै आधुनिक दुग्ध डेरी तथा मिष्ठान पसल संचालन गर्ने भएको हो । यसको लागी बिभिन्न संघ– संस्था तथा भेटनरी अस्पताल तथा पशु बिज्ञ सेवा संग उन्नत भैसी पालन ब्लक समन्वय समितिले समन्वय तथा परामर्श थालेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उत्पादित दुग्ध कृषकहरुले सस्तो भाउमा बिक्रि बितरण गर्नु पर्ने भएको कारण कृषकहरुको जिवन स्तर उकास्न र दुग्धका ताजा परिकारलाई उत्पादन गर्न उन्नत भैसी पालन ब्लक समन्वय समितिले दोधारा चाँदनी नगर क्षेत्रमा आधुनिक दुग्ध डेरी तथा मिष्ठान पसल संचालनमा ल्याउने तयारी गरेको छ् ।

दुग्ध डेरी तथा मिष्ठान पसल संचालन भए संग कृषकहरुले आफुले उत्पादन गरेको दुग्धको राम्रो आम्दानी पाउनुको साथै स्थानियहरुलाई रोजगार संग जोड्न सकिने उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लाल बहादुर पुनले जानकारी दिएका छन् । ‘आउदो बैशाख देखि दुग्ध डेरी तथा मिष्ठान पसल संचालन गर्ने योजनामा छौं’ उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लाल बहादुर पुनले भने । भारत लगाएत अन्य स्थानमा दोधारा चाँदनी नगर क्षेत्रका कृषकहरुले दुग्ध सस्तो भाउमा बिक्रि बितरण गर्ने समस्या हटेर जाने बताईएको छ् । दुग्ध डेरी तथा मिष्ठान पसल संचलनको लागी बिभिन्न गैरसरकारी संस्था तथा सरकारी संस्था संग समन्वय भईरहेको उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लाल बहादुर पुनले बताएका छन् ।

आज बसेको उन्नत भैसी पालन ब्लक समन्वय समिति तथा सरकारी तथा गैरसरकारी संस्थाको एक बैठकले दुग्ध डेरी तथा मिष्ठान पसल संचालन गर्ने निर्णय गरेको छ् । दुग्ध डेरी तथा मिष्ठान पसल संचालनको लागी दुग्ध उत्पादन तथा बिक्रि बितरण निर्देशिका निमार्णको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय पशु सेवा कार्यालयका नन्दराज भट्ट, नेपाल राष्ट्रिय समाज कल्याण् संघ (एनएनएसडब्लुए) का गणेश ठगुन्ना र उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका मान बहादुर थापाको संयोजकत्वमा निर्देशिका निमार्ण उपसमिति गठन गरेको छ् । बैठकले दुग्ध डेरी तथा दुग्धजन्य परिकार निमार्णको तालिमका लागी उन्नत भैसी पालन ब्लक समन्वय समितिका सदस्य नरेश कुमाल र झबिलाल बुढा मगरलाई तालिमा पठाउने समेत निर्णय गरिएको उन्नत भैसी पालन ब्लक समन्वय समितिले जनाएको छ् ।

आजको समन्वयत्मक बैठकमा नेपाल राष्ट्रिय समाज कल्याण् संघ (एनएनएसडब्लुए) का राजकुमार सुनार, गणेश ठगुन्ना, प्रभुनिधी पन्त, बिर सिंह धामी, दोधारा चाँदनी नगरपालिका कार्यालय पशु सेवा कार्यालयका नन्दराज भट्ट, उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका पदाधिकारीको उपस्थिती रहेको थियो । दुग्ध उत्पादनको लागि कृषकहरुको व्यवसायीक रुपमा गाई तथा भैसिपालन व्यावसाय बढ्दै जाने र कृषकहरु स्वोरोजगार हुने अपेक्षा गरिएको छ् ।
दोधारा चाँदनी क्षेत्रमा किसानहरुलाई दुग्ध बिक्रि बितरण गर्न निकै सकस भएको अवस्थामा दुग्ध संकलन, भण्डारण र विक्री वितरणमा प्रोत्साहित गर्न सकियो भने दुग्ध उत्पादन कृषकहरु निकै लाभाम्बित हुने नेपाल राष्ट्रिय समाज कल्याण् संघ (एनएनएसडब्लुए) का राजकुमार सुनारले विश्वास व्यक्त गरेका छन् ।






