दोधारा चाँदनीमा राष्ट्र सेवक साकोसको सम्पर्क कार्यालय


दोधारा । दोधारा चाँदनी नगरपालिकामा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. को सम्पर्क कार्यालय स्थापना भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखा कार्यालय संगै बिधिवतरुपमा आज राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. को सम्पर्क कार्यालय स्थापना गरिएको राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. को सम्पर्क कार्यालय दोधारा चाँदनीका धर्मानन्द पन्तले जानकारी दिएका छन् ।

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. का कञ्चनपुर अध्यक्ष पुर्ण बहादुर कुँवरले कार्यालयको बिधिवतरुपमा समउद्धघाटन गरेका छन् । सम्पर्क कार्यालय स्थापना कार्यक्रममा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. का कञ्चनपुर जिल्ला सचिव पुरुषोत्तम प्रसाद भट्ट, कोषाध्यक्ष केशव दत्त बडु, ब्यवस्थापक बसन्त बहादुर चौधरी लगाएत शेयर सदस्य तथा तथा राष्ट्रसेवक साकोसका शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

सहकारीले कर्मचारीहरुको आर्थिक अवस्था राम्रो बनाउन एवं कार्यालयमा सामूहिक काम गर्न अझै उत्प्रेरणा थप्ने विश्वास गरिएको छ् । कार्यालय उद्धघाटन कार्यक्रममा कर्मचारीको सामूहिक हितमा सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. मा कर्मचारी, अवकास प्राप्त कर्मचारी तथा गैरकर्मचारी गरि ७ सय २० जना सदस्यहरु रहेका छन् । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. को सम्पर्क कार्यालयको जिम्मेवारी धर्मानन्द पन्तलाई दिईएको छ् ।


ताजा समाचार

spot_img