प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा नि:शुल्क स्तन क्यान्सर चेकजाँच तथा सचेतना शिविर


पप्पु गुरुङ्ग, दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा एक दिने महिलाहरुका लागि स्तन क्यान्सर चेक जाँच तथा सचेतना कार्यक्रम हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रमा भोली एक दिने महिलाहरुका लागि स्तन क्यान्सर चेक जाँच तथा सचेतना नि:शुल्क शिविर आयोजना हुने दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको सचिवालयले जनाएको छ् ।

नि:शुल्क रुपमा आयोजना गरिएको महिलाहरुका लागि स्तन क्यान्सर चेक जाँच तथा सचेतना शिविरबाट स्तन क्यान्सर सम्बन्धी समस्यामा रहेका नगर भित्रका महिलाहरुले लाभ लिन सक्ने बताईएको छ् । स्थानियहरुको स्वास्थ्यको सवालमा प्राथमिक स्वास्थ्य केन्द्रले बिभिन्न समस्यमा स्वास्थ्य शिविर संचालन गर्दै आएको छ् । संचालन हुने लागेको नि:शुल्क शिविरबाट उल्लेख्य महिलाहरुले सेवा लिने अपेक्षा गरिएको छ् ।


ताजा समाचार

spot_img