दोधारा चाँदनीमा गैरसरकारी संस्था ओरेकले ‘स्नेह अभियान’ परियोजना संचालन गर्ने


दोधारा । दोधारा चाँदनी नगरपालिकामा ओरेक नामक गैरसरकारी संस्थाले स्नेह अभियान संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकामा महिला पुनरस्थापना केन्द्र (ओरेक) ले स्नेह अभियान संचालन गर्ने भएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयमा ओरेक संस्थाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आफ्नो परियोजना बिस्तार गर्ने भएको बताएको छ् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर ओरेक सस्ंथाका प्रतिनिधीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष पदम रावल लगाएत आफ्नो साँझेदारी संस्था शुदुरपश्चिम महिला जागरण उत्थान केन्द्र दोधारा चाँदनीका पदाधिकारी, नन्दा खत्री, खिमा चन्द, धनसरा चन्द लगाएत अधिकारीकर्मी तथा सरोकारवाला संग भेट गरेका छन् ।

भेटको क्रममा ओरेक महिला माथी हुने हिंसा, यसका कारण र परिणामको रोकथाम र महिला तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितता तथा सामाजिक न्याय माथिको पहुचको प्रवद्र्धन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका र भिमदत्त नगरपालिका क्षेत्रमा विपद् ब्यवस्थापन सम्बन्धी स्नेह अभियान परियोजना संचालनको लागी बेस सर्वे भईरहेको बताईएको छ् । विपद् ब्यवस्थापनमा महिलाहरुको सहभागिता गर्न परियोजनाको मुख्य लक्ष्य रहेको कार्यक्रममा बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयमा भएको भेटघाटमा महिला जागरण तथा बिकास केन्द्रका प्रा. डा. शशी अधिकारी, महिला पुनरस्थापना केन्द्र (ओरेक) का जिल्ला कार्यक्रम अधिकृत गिता चौधरी, महिला पुनरस्थापना केन्द्र (ओरेक) का केन्द्रीय कार्यालय काठमाण्डौका कार्यक्रम संयोजक प्रभा पौडेल लगाएतको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img