दोधारा । दोधारा चाँदनी नगरपालिकामा महिलाहरुलाई आत्म निर्भर बनाउन एक हप्ते गुडिया बनाउने तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र वडा नं. २ को आयोजनामा एक हप्ते महिलाहरुलाई गुडिया बनाउने तालिम संचालन गरिएको दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावलले बताएका छन् । आज दोधारा चाँदनी– २ वडा कार्यालयको सभा कक्षमा बिधिवतरुपमा एक हप्ते गुडिया बनाउने तालिमको समउद्धघाटन गरिएको हो ।

उद्धघाटन कार्यक्रम सत्रमा दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा सदस्य मनकला खनाल पुजारा, कमान सिंह धामी, महाबिर सिंह धामी, द्रोपती सुनार, वडा सचिव नरेन्द्र साँउद, तालिमका प्रशिक्षक छाया देबि चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम शाखाका जयन्ती भट्ट लगाएत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडा सचिव नरेन्द्र साँउदले तालिमको औचित्यको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावलले महिला सशक्तीकरण हुनलाई आर्थिकरुपले आत्मनिर्भर हुन जरुरी रहेको बताएका छन् ।


प्रत्येक महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन उनीहरुको हातमा सिप, मनमा जिज्ञासा र लगन हुनुपर्ने बताएका छन् । वडा कार्यालयले थोरै रकमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले संचालन गरेको एक हप्ते गुडिया बनाउने तालिमले सहभागीहरु आत्मनिर्भर बन्ने आफुलाई बिश्वास रहेको वडाध्यक्ष रावलले बताएका छन् । तालिममा सिकेको कुरा ब्यवहारमा उतारे तालिमको सही प्रयोग हुने हुदा तालिममा सहभागीहरुले लगनशिल भएर तालिममा सहभागी भई ब्यवहारमा उतार्न समेत वडाध्यक्ष पदम रावलले आग्रह गरेका छन् ।







