दोधारा । कृष्ण बिकास नेपाल दोधारा चाँदनीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ स्थित रहेको कृष्ण बिकास नेपालको आज १५ औं वार्षिक साधारण सभाले भुवन बिहारी पन्तलाई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन गरेको छ् ।

यस्तै उपाध्यक्षमा सरस्वती शाही, सचिवमा बिशाल बिष्ट, उपसचिवमा उमेश साँउद, कोषाध्यक्षमा बहादुर सिंह धानुक गरि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको कृष्ण बिकास नेपाल दोधारा चाँदनीले जनाएको छ् । पदम कलौनीको सभापतित्वमा संचालन भएको साधारण सभाका प्रमुख अतिथी दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावल रहेका थिए । चयन भएका सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना प्रदान गरिएको थियो ।







