दोधारा । नेपाल बिउ व्यवसायी संघ समन्वय समिति कंन्चनपुर शाखाको आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ् । नेपाल बिउ व्यवसायी संघ समन्वय समिति कंन्चनपुर शाखाको आठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको शाखाका सचिव गोबिन्द भट्टले जानकारी दिएका छन् ।

शाखाका अध्यक्षमा पुष्पराज भट्ट, उपाध्यक्षमा अम्बादत्त भट्ट, कोषाध्यक्षमा सरिता जैशी, सचिवमा गोबिन्द भट्ट, सदस्यमा ईन्द्रराज भट्ट, हर्क भाट, बलबरि चौधरी, अशोक राना, सन्तोष भट्ट चयन भएको नेपाल बिउ व्यवसायी संघ समन्वय समिति कंन्चनपुर शाखाले जनाएको छ् । शाखाको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा चयन भएका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ् ।







