वडाध्यक्ष बस्नेतको पहलमा दोधारा चाँदनीमा तिन महिने बिद्युत जडान तालिम


दोधारा । दोधारा चाँदनी– ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतको पहलमा दोधारा चाँदनीमा युवा, युवतीहरुलाई तिन महिने बिद्युत जडान तालिम संचालन गरिएको छ् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कंचनपुरको आयोजना र दोधारा चाँदनी– ६ का वडा कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिका– ६ स्थित दोधारा सामुदायिक अध्यन केन्द्रको तालिम कक्षमा तिन महिने बिद्युत जडान तालिम संचालन गरिएको दोधारा चाँदनी– ६ वडा कार्यालयले जनाएको छ् । वडाध्यक्ष ओंम बस्नेतको बिशेष पहलमा दोधारा चाँदनी नगरपालिकाका २२ जना किशोर, किशोरीहरुलाई तिन महिने बिद्युत जडान तालिम संचालन भएको बताईएको छ् ।

युवाहरुलाई सिपमुलक तालिमहरु सिकाएर स्वदेशमै स्वोजगार बनाउने उदेश्यका साथ सिपमुलक तालिमको आयोजना गरिएको दोधारा चाँदनी– ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले जनाएका छन् । सिकेको सिपलाई व्यवहारमा उतार्न दोधारा चाँदनी– ६ का वडाध्यक्ष बस्नेतले सहभागीहरुलाई आग्रह गरेका छन् । उनले सीपले आत्मनिर्भर बनाउनुको साथै हिंसा रहित समाजको समेत निर्माण गर्ने भएकोले सिपलाई व्यवहारमा उतार्न अत्यावश्यक भएको कुरामा जोड दिए ।

हातमा सिप भए परनिर्भर हुनु नपर्ने कुरामा तालिमका सहभागीहरु संगको भेटमा वडाध्यक्ष ओंम बस्नेतले बताए । तालिमले बिदेश पलायन भईरहेको युवा शक्तिलाई समेत स्वदेशमै लगानी गर्ने प्रेरण मिल्न बताईएको छ् । तिन महिने बिद्युत जडान तालिमका प्रशिक्षक भोजराज पन्त रहेको वडा कार्यालयले जनाएको छ् । वडाध्यक्ष बस्नेतको पहलमा युवालाई स्वरोजगार बनाउन थालिएको कार्यको स्थानियहरुले प्रशंसा गरेका छन् ।


ताजा समाचार

spot_img