किसानलाई प्याजको बेर्ना


दोधारा । दोधारा चाँदनी नगरपालिकाका कृषहरुलाई प्याजको बेर्ना बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यलयको वार्षिक कार्यक्रम अनुसार वडामा रहेका २२ वटा कृषी समुह मार्फत आज प्याजको बेर्ना बितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले जनाएका छन् । वडाको वार्षिक योजना अनुसार कृषकहरुको जिवन स्तर उकास्न सहयोग गर्ने उद्धेश्यले वडामा रहेको २२ वटा कृषक समुह मार्फत कृषकहरुलाई प्याजको बेर्ना बितरण गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् ।

वडा कार्यालयमा आयोजित प्याजको बेर्ना बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, वडा सदस्य दिनेश थापा मगर, वडा सचिव पुरन पुन मगर, वडामा सामाजिक परिचालक दिपेन्द्र ढकाल, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल लगाएत कृषक समुहका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो । झण्डै ५ कुन्टल प्याजको बेर्ना बितरण गरिएको वडा नं. ५ वडा कार्यालले जनाएको छ् ।


ताजा समाचार

spot_img