दोधारा चाँदनीका मनकारी वडाध्यक्ष : आफुले पाएको सरकारी सेवा सुबिद्या जनसेवामा


दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बहादुर खत्रीले आफ्नो तलव भत्ता बापतको रकम जनसेवामा खर्च गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव बहादुर खत्रीले आफुले वडाध्यक्षको पाउने सरकारी तलव भत्ता जनसेवामा खर्च गर्दै आएको छन् । उनि दोधारा चाँदनी नगरपालिकाका चर्चित जनप्रतिनिधी हुन् । आफुले पाउने सरकारी तलव भत्ता दुखी गरिबको सहयोगमा खर्च गर्दै आएका छन् ।

वडामा रहेका दिनदुखीको पिडालाई बुझेर पाएको सरकारी तलब भत्ता खर्च गर्दै आएको वडाध्यक्ष खत्रीले बताएका छन् । उनले पाउदै आएको सरकारी तलब भत्ताले गरिब तथा बिपन्नहरुलाई नगद सहयोग, खानेपानीको सहयोग, बिद्यार्थीहरुलाई पठ्न पाठनमा सघाउदै आएको स्थानियबासी माहेन सुनारले बताएका छन् । उनले पालिकाबाट वडाध्यक्षको लागी पाएको सरकारी मोटरसाईकल समेत प्रयोग गरेका छैनन् ।

राज्यले दिएको सेवा सुविधा आफूले जनसेवामा मसर्पित गरेको वडाध्यक्ष खत्रलिे बताए । ‘मैले यो पाँच वर्षमा राजनीतिलाई सेवाको रुपमा लिएको छु । पैसा कमाउने भन्दा पनि जनताको सेवा गर्ने अवसर पाए । यो मेरा लागि सन्तुष्टिको विषय हो’ वडाध्यक्ष केशव खत्रीले भने । वडाध्यक्षको काम प्रति स्थानिय निकै खुशी भएका छन् ।


ताजा समाचार

spot_img