खडक कोली / कञ्चनपुर : भीनपा–१८ वडा कार्यालयले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको छुटपुट निवेदनहरुको निस्सा वितरण गरेका छ । भीनपा–१८ ले बुधबार ३०० जानलाई निस्सामा ३०० वितरण गरेका जनाएको छ ।
राष्ट्रिय भूमि आयोग अन्तर्गत भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको स्थानियतहबाट लगत संकलन सम्बन्धी कार्यविधि २०७८ को दफा ६ को खण्ड (ख) अनुसार दर्ता भएका तथा छुटपुट भएका निवेदनहरुको निस्सा वितरण गरेको वडा सचिव दिनेश राज भट्टले बताए । ‘पुष २० गते बाट निस्सा वितरण गरेको वडा कर्यालयले जनाएको छ ।







