कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन् बिरुद्धमा जनता आन्दोलनमा देखिएका छन । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८०मा नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का दिएको थियो । उत्खनन् क्षेत्र शुक्लाफाँटा नगरपालिका ८ का स्थानीयले उत्खनन् बिरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका छन । स्थानीय रुकुम सिह ठगुन्नाको संयोजत्वकमा संघर्ष समिति विस्तार गरेको छ । ठगुन्नाको संयोजकत्वमा नदीजन्य पदार्थ उत्खनन् पीडित संघर्ष समिति गठन गरेर वडा र पालिका कार्यालय बिरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका छन । १७ पुष आइतबार शुक्लाफाँटा नगपालिका ८ नम्बर वडा र १९ पुष मंगलबार शुक्लाफाँटा नगरपालिका कार्यालय घेराउ गरेर आन्दोलन गर्ने घोषणा गरेका छन ।

नदीजन्य पदार्थ उत्खनन् पीडित संघर्ष समितिका संयोजक रुकुम सिह ठगुन्नाले प्रभावित क्षेत्रका जनताले बसोबासको उचित व्यवस्थापन नगर्दै गरिएको उत्खनन् कार्य बिरुद्धमा बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । ‘हामीले यो क्षेत्रमा बषौँदेखि जैविक तटबन्धन बनाएर बस्ती जोगाएका थियौँ, ‘उनले भने, ‘अहिले नगरपालिकाले एक्कासी आएर उत्खनन् कार्य गरिरहेको छ ।’ संयोजक ठगुन्नाले तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनुपर्ने, रोयल्टी बाफत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने बताए । ‘हाम्रो आन्दोलन कुनै व्यक्ति, जनप्रतिनिधी विशेष होईन, ‘उनले भने, ‘समग्र गाँउबस्तीको विपद् जोखिम न्यूनिकरणका लागि हो ।’

नगरपालिकाले सुनबरा, बनहरा अखौनी सहितका स्थानीय खोला नदीनालाबाट नदिजन्य पदार्थ ढुङगा, गिटी र वालुवा बाफत रोयल्टी संकलनका लागि गणपति कस्ष्ट्रक्सन प्रालिले ६८ लाख १३ हजारमा ठेक्का लगाएको छ । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले यस अघि उक्त खोलानालाबाट अवैध रुपमा उत्खनन् भईरहेको बताउँदै यस पटक वैधानिक रुपमा नगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाएको बताए । मेयर महराले स्थानीय जनताले अघि सारेका माग सम्बोधन गरिने बताए । ‘सो गाँउमा सडक, तटबन्ध विकासका लागि म प्रतिबद्ध छु, ‘मेयर महराले भने, ‘अब ठेक्का लागिसक्यो, यसमा नगरबासीले पनि सहयोग गर्नुप¥यो, म जनताकै साथमा छु ।’







