जिर्ण सिमा स्तम्भ मर्मत (फोटो फिचर) !


दोधारा । सिमा स्तम्भ जिर्ण हुदै गएपछि दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ सुन्दरनगर नजिक रहेको नेपाल–भारत सिमा स्तम्भ ७९६/१ मर्मत संभार गरिएको छ् । जिर्ण भएको स्तम्भ ७९६/१ मर्मत कार्यमा दुबै देशको सुरक्षाअधिकार, स्थानिय, जनप्रतिनिधीको रहेका छन् ।

भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा स्तम्भ मर्मत कार्य अघि बढाईएको बताईएको हो । सुरक्षा श्रोतका अनुसार दोधारा चाँदनी नगरपालिकाको क्षेत्रमा रहेको नेपाल–भारत सिमा स्तम्भ मर्मत संभार कार्य अघि बढाईएको हो ।

सिमा स्तम्भहरु जिर्ण भएको कारण सिमा स्तम्भको नंम्वर नदेखिने हुदा मर्मत कार्य अघि बढाईएको छ् । दुबै देशका सुरक्षा अधिकारीहरुलाई निर्देशन प्राप्त भए संगै जिर्ण भएका सिमा स्तम्भहरु मर्मत कार्य अघि बढाएको सुरक्षा श्रोतले जानकारी दिएको छ् ।


ताजा समाचार

spot_img