दोधारा । दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा भारतिय नागरिकले गर्दै आएको अबैध समान ओसार पसारमा सशस्त्र प्रहरीले कडाई गर्दै आएको छ् । आज बिहान ३ बजे दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजमा सिमावर्ती भारतिय बजारबाट भारतिय नागरिकद्धारा भित्र्याउदै गरेको गुढ, मलखाद लगाएत भारतिय नम्वर प्लेटको मोटरसाईकल गरि रु. ४ लाख बराबरको अबैध समान बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) ले जनाएको छ् ।

सुराकीको आधारमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) का ईन्चार्ज सई नवराज खड्काको कमाण्डमा गएको गस्ती टोलीले उक्त समान बरामद गरेको हो । सशस्त्र प्रहरीको टोलीलाई देखेपछि भारतिय नागरिक मोटरसाईकल सहित समान छाडेर भागेको बताईएको छ् । समाचार तयारपारुञ्जेल सशस्त्र प्रहरीले बरामद गरेको अबैध समान भन्सार पठाउने तयारी गरिरहेको छ् ।

दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोज स्थित रहेको सशस्त्र प्रहरीले बिगतका दिनहरुदेखि भारतबाट अबैधरुपमा आयात गरिने समानहरुको कडाई गर्दै आएको छ् । भारतिय नागरिकहरुले दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रको फाईदा लिदै तस्करी गर्दै आएको छ् भने, सशस्त्र प्रहरीले अबैध समान ओसार पसारमा कडाई गर्दै आएको छ् ।







