दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा वडास्तरिय अपांग संघ गठन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा अपांगहरुको हकहितको निम्ती वडा स्तरिय अपांग संघ गठन गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । वडाको समग्र बिकासको निम्ती अपांगता भएकाहरु पछि नपरुन भन्ने उद्धेश्यले वडास्तरिय अपांग संघ गठन गरिएको वडाध्यक्ष सिंहले बताएका छन् ।

आज एक भेलाले खड्क बहादुर बुढाको संयोजकत्वमा २७ सदस्यीय वडास्तर अपांग संघ गठन भएको हो । उपाध्यक्षमा लक्ष्मण ठगुन्ना, सचिवमा हितेन्द्र नेपाली र कोषाध्यक्षमा कमला कार्की रहेका छन् । सर्वसम्मतबाट वडास्तरिय अपांग संघ गठन भएको बताईएको छ् ।

वडामा बजेट बिनियोजन तथा उघमशिलता कार्यमा अपांता भएकाहरु ब्यक्ती पछि नपरुन भन्ने अभिप्रयाले अपांगता भएका ब्यक्तीहरुको हकहितको लागी वडास्तरिय अपांग संघ गठन गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् । युवा वडाध्यक्ष सिंह वाडको हरेका सामाजिक कार्यमा क्रियाशिल रहदै आएको स्थानियहरुले बताएका छन् ।







