दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाल स्काउटले महिला हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा हिंसा बिरुद्ध एक दिने प्रशिक्षण संचालन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको शारदा सरस्वती माध्यमिक बिद्यालयका अध्यनरत बिद्यार्थीहरुलाई महिला हिंसा बिरुद्ध जनचेतनामुलक प्रशिक्षण संचाललन गरेको नेपाल स्काउट दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले जानकारी दिएका छन् ।

शारदा सरस्वती माबिका अध्यनरत कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई महिला हिंसा के हो ? महिला हिंसा कसरी हुन्छ लगाएत हिंसाबाट बच्ने तथा कानुनी उपचारको बारेमा प्रशक्षिण गराईएको बताईएको छ् । कार्यक्रममा नेपाल स्काउट तदर्थ समिति दोधारा चाँदनीका संयोजक दुर्गा बडुवाल, स्काउट मास्टर पदम बहादर सिंह, बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर चन्द लगाएत स्काउटका पदाधिकारी तथा सहभागी बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

नेपाल स्काउटले संचालन गरेको हिंसा बिरुद्धको प्रशिक्षणका सहभागी बिद्यार्थीहरुले उत्साहजनक बिचार ब्यक्त गरेको समेत बताईएको छ् ।







