विपी काग्रेंसका उम्मेदवार शाही भन्छन् : ‘मैले १७ वर्ष काग्रेंस हाँकेका हु, जनताको माया प्रति म उत्साहित छु’


दोधारा । विपी काग्रेंसका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार धन बहादुर शाहीले आफुले १७ वर्ष काग्रेंसको अगुवा पदमा रहेर काम गरेका भन्दै जनताले आफु प्रति गर्दै आएको माया प्रति ढुक्क रहेको बताएका छन् । यस पल्टको निर्वाचनमा आफु बहुमतले बिजय बनाउनेमा ढुक्क भएको उनि बताउछन् । उनी लगाएत विपी काग्रेंसका नेता तथा कार्यकर्ताले बहुमत ल्याउन घरदैलो र मतदाताहरुलाई भेट गर्नमा तिब्रता दिएका छन् ।

उनि अहिले दोधारा चाँदनी नगरपालिका बिभिन्न टोल बस्तीमा आफ्नो चुनाव चिन्ह करुवा लिएर प्रचार प्रसारमा लागेका छन् । निर्वाचन नजिकिदै जाँदा उम्मेदवार शाहीले प्रचार प्रसार र मतदाताहरु संगको भेटलाई अझै बाले बनाउदै लगेका छन् । धन बहादुर शाही दोधारा चाँदनीमा नेपाली कांग्रेसका लागि चर्चित नाम हो । बहुदलीय व्यवस्थाको सुरुआत देखि कांग्रेसमा सक्रिय रहेका शाहीले तत्कालीन दोधारा गाँ विकास समितिको पार्टी सभापति भएर १७ वर्ष कांग्रेस हाँकेका हुन् तर आसन्न प्रदेश सभा निर्वाचनमा उनी कांग्रेस परित्याग गरेर कांग्रेस बीपीबाट उम्मेदवार भएका छन् । उनि आन्दोलनमा समेत घाईते भएका हुन् । ६९ वर्षीय शाही दोधारा चाँदनी नगरपालिका–९ का स्थायी वासिन्दा हुन् ।

उनले प्रदेश सभा ३ (ख) बाट उम्मेदवारी दिएका छन् । उनी कांग्रेस बीपीको चुनाव चिह्न करुवामा मतदानका लागि आह्वान गर्दै घरदैलोमा जुटेका छन् । कांग्रेस भित्र अवसरवादीले मात्रै अवसर पाउने र निरन्तर खटिने कार्यकर्ता पाँखा लाग्नु पर्ने भएकाले लामो समय योगदान गरेको पार्टी छाड्नु परेको उम्मेदवार धन बहादुर शाही बताउछन् । ‘पार्टीका लागि निस्वार्थ लाग्ने माथि जहिल्यै भेदभाव मात्रै भयो,’ उनले भने, ‘यस क्षेत्रका नेताहरुले पनि बुझ्न सकेनन् ।’ शाही २०४७ सालमा कांग्रेसका जिल्ला सदस्य हुदै २०४९ देखि २०६६ साल सम्म दोधारा गाँउ विकास समितिको पार्टी सभापति भएका हुन् । २०६१ सालमा उनी महाधिवेशन प्रतिनिधि समेत भए । उनी पञ्चायतकालमा अत्यधिक मतका साथ दोधारा गाँउ पञ्चायतका उप–प्रधानपञ्च पनि भएका थिए ।

 


ताजा समाचार

spot_img