दोधारा । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा स्वतन्त्रका नेता तथा कार्यकर्ताहरु सक्रियरुपमा लागिरहेका छन् । उनीहरु दिनहुजसो निरन्तर मतदाताको घरदैलोमा पुगी लालटिन चुनाव चिन्हमा मतदान गरी आफ्ना उम्मेदवार भिम कुमालाई जिताउन आग्रह गरिरहेका छन् । सो क्षेत्रमा प्रदेश सभा सदस्यको उम्मेदवारमा नेकपा एमालेका सुरेन्द्र बिष्ट, नेपाली काग्रेंसका बेल बहादर राना, विपी काग्रेंसका धन बहादुर शाही, स्वतन्त्रका उम्मेदवार भिम कुमाल सशक्तरुपमा चुनावी मैदानमा देखिएका छन् ।


यस्तै कोरोना महामारी नियन्त्रणका लागि पनि उनी सक्रिय रुपमा खटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगरपालिका तथा स्थानियहरुलाई बिभिन्न प्रकारको सहयोग गर्दै आएका सामाजसेवी भिम कुमाले प्रदेश सभाको निर्वाचनमा सशक्तरुपमा आफ्नो उपस्थिती जमाएका छन् ।


स्थानियहरु पिडामा रहेको बेला आर्थिक तथा भौतिक सहयोग गर्दै आएका उम्मेदवार कुमाललाई गरिब तथा बिपन्न समुदायका प्यारो रहदै आएका छन् । मतदान गर्ने दिन नजिकिदै जाँदा उम्मेदवार कुमाल र स्वतन्त्र समुहका नेता कार्यकर्ता जनताको घर घर पुग्दै गर्दामा जनता उत्साहित भएका छन् । पिडामा सहयोग गर्दै आएका सामाजसेवी भिम कुमालले उम्मेदवारी दिए संगै स्थानियहरुले आफुलाई सहयोग गर्ने बताएका छन् ।







