कञ्चनपुर : देउसी खेलेको रमकबाट कञ्चनपुरको एक सामुदायिक विद्यालयले विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको छ । बेदकोट नगरपालिका १ हात्तीथलाको सिद्धनाथ आधारभूत विद्यालयले विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हो ।

शुक्रबार एक कार्यक्तमका विच विद्यालयले विपन्न समुदायका विद्यार्थीलाई कापि, कलम, झोला वितरण गरिएको सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर धामी(अरिबल)ले बताए । अध्यक्ष धामीका अनुसार विद्यालय सहित अभिभावकले देउसी खेलेर संकलन भएको रकमबाट विपन्न समुदायका विद्यार्थीको शैक्षिक स्तर बृद्धिका लागि सहयोग गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरपालिका १ का वडाध्यक्ष रमेश सिह भण्डारीले विद्यालयको प्रयास अतुलनिय भएको बताए । निःशुल्क शैक्षिक समाग्री पाएपछि विद्यार्थी हर्षित भएका छन ।







