कञ्चनपुर: नेपाली काँग्रेस नेता रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधी सभा सदस्यको सपथ बिनै संसदीय दलको नेता र प्रधानमन्त्री भनेको बताउनुभएको छ ।

मंगलबार बाम लोकतान्त्रिक गठबन्धन दोधाराचाँदनीमा आयोजिक शुभकामना आदान प्रदान कार्यक्रममा नेता लेखकले ओली प्रधानमन्त्री भएको दिनदेखि संविधान भत्काउने काम शुरु गरेको समेत बताए । ‘पहिलो घटना प्रतिनिधी सभामा सपथ ग्रहण नगर्दै आफ्नो पाटीको संसदीय दलको नेता भनेर प्रधानमन्त्री बन्नुभयो, ‘लेखकले भने, ‘संसदीय दलको नेता मात्रै होईन प्रधानमन्त्री बन्नुभयो, यो संविधान विपरित थियो ।’ पाँच बर्ष चल्नुपर्ने संसदलाई ओलीले असाधारण ढङगबाट दुई दुई पटक भङ गरेको बताए । ‘सर्वेच्चले बेठिक भयो भन्दा पनि फेरी भत्काए, ‘लेखकले भने, ‘संविधानले गरेका राजनीतिक व्यवस्था जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको हो, ‘उनले भने, ‘यो चुनावका लागि मात्रै होईन, संविधान बचाउनका लागि हो ।’ हामी सबै मिलेर संविधान जोगाउनका लागि पाँच राजनीतिक दल एक ठाँउमा आएको बताए ।

लेखकले ओली पार्टीमा तानाशाही बनेको प्रसङ कोट्याउँदै अछामबाट एकै जना भीम रावलको संसदका लागि निर्णय हुँदा पनि टिकट नदिएको बताए । ‘ओलीसंग असहमती राख्नेमाथि प्रहार र ओरिपरी घुम्नेलाई काँखी च्यापेका छन, ‘यो लोकतन्त्र बिरुद्धको कदम हो ।’ गुणगाना गाउँनेलाई टिकट दिएको लेखकले आरोप छ । बाम लोकतान्त्रिक गठबन्धनले हारे व्यवस्था जोगाउन मुस्किल पर्ने बताए । अहिलेको संविधान विस्तृती शान्ति सम्झौता अनुरुप बनेको हो । ‘विस्तृत शान्ति सम्झौतामा काँग्रेसका स्व.गिरीजा प्रशाद कोईराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए, ‘काँग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘संविधान रक्षा अहिलेको मुल आवश्यकता हो ।’







