कञ्चनपुर : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवार जिताउनका लागि बाम लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र ३(क)मा संयुक्त निर्वाचन परिचालन समिति विस्तार गरेको छ । बुधबार सत्ता गठबन्धनका दलहरुको भीमदत्त नगरका बसेको बैठकले बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति विस्तार गरेको हो ।

बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता एव माओवादी युवा नेता बिरेन्द्र बिसीले प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको बताए । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता बिसीका अनुसार काँग्रेस नेता पदम अवस्थीको संयोजकत्वमा ५०१सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति विस्तार भएको छ ।

सहसंयोजकमा माओवादीका युवा नेता दिपक साउद(शिखर) सचिव तर्फ माओवादीबाट बिरेन्द्र बिसी र काँग्रेसबाट तारा भट्ट रहेका छन । उक्त निर्वाचन परिचान समितिले क्षेत्र ३(क)मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार संघ तर्फ रमेश लेखक प्रदेश तर्फ टेकेन्द्र प्रशाद भट्टलाई बहुमतका साथ जिताउने प्रतिबद्धता सहित जनताको घरदैलोसम्म जाने भएका छन ।







