सुदुरपश्चिम वाट प्रतिनिधित्व गर्ने महेन्द्रनगरका ५ महिला खेलाडिले हात पारे स्वर्ण पदक


कञ्चनपुर : पूर्वी नवलपरासीमा भएको कुस्ती खेलको महिलातर्फका सबै स्वर्ण पदक विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । May be an image of 10 people and people standingमंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा विभागीय टिम आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच पाँच स्वर्ण पदक जितेका छन् ।May be an image of 4 people and people standingसुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते । त्यसैगरी आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन् भने ७२ केजि तौल समुहमा रेखा रावल ले रजत पदक जितेका छन ।May be an image of 5 people and people standingसुदूरपश्चिमको प्रतिनिधित्व गरेका महेन्द्रनगरका पाँच महिला खेलाडीले स्वर्ण जितेका छन् ।आर्मि वाट आवद्ध भई खेल्ने मिरा आउजी, निर्मला जागरी र रेखा रावल समेत महेन्द्रनगरकै खेलाडि हुन । जसमा मिरा र निर्मला स्वर्ण पदक विजेता हुन भने रेखा रजत पदक विजेता हुन । May be an image of 5 people and people standingकुस्ती प्रशिक्षक राजेन्द्र चन्दले सुदूरपश्चिमले कुस्तीमा पाँच स्वर्ण, एक रजत र तीन काष्य जितेको जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषतर्फ ६१ किलोतौल समुहमा दमन विष्ट र ६५ मा भुवन चन्दले काष्य जितेका छन् । महिलातर्फ ६२ तौल समुहका कलावती भट्टले रजत जितेका छन् ।May be an image of 6 people, people sitting and people standingभने ७६ किलोतौलम समुहमा बिमला सुनारले काष्य जितेका छन् ।स्वर्ण बिजेता महिला खेलाडीहरुमा संगिता धामी महिला कुस्तीमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण जित्ने पहिलो महिला खेलाडी हुन ।May be an image of 7 people and people standing त्यसैगरी महिलामा दमयन्ती र हेमा भट्ट नयाँ अनुहार हुन, भने बाँकी तीन खेलाडीले साग खेलकुदका पदक जितिसकेका खेलाडी हुन कुस्ती महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहमा खेल भएका थिए । खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरि १० टोलीको सहभागिता रहेको थियो ।May be an image of 6 people and people standingMay be an image of 2 people and people standingMay be an image of 5 people and people standingMay be an image of 1 person and standingMay be an image of 7 people and people standingMay be an image of 6 people and people standingMay be an image of 6 people and people standingMay be an image of 9 people and people standingMay be an image of 5 people, child, people standing and indoorMay be an image of 7 people and people standingMay be an image of 10 people and people standingMay be an image of 10 people and people standing


ताजा समाचार

spot_img