महेन्द्रनगरमा चिकन स्टेसनको शाखा सन्चालनमा


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर भानुचौक नजिक वडा प्रहरी कार्यालय अगाडी चिकन स्टेसनको शाखा बिस्तार गरेको छ । ६ वर्षअगाडि काठमाडौंबाट सन्चालन गरेको चिकन स्टेसनको काठमाडौंमा २७ वटा शाखा रहेका छन्। चिकन स्टेशनको महेन्द्रनगरमा शाखा ५८औं शाखा बिस्तार गरिएको हो । हालसम्म स्टेसनले स्थानीय स्तरमा ७५० जना युवा युवतीलाई रोजगारी दिएको छ ।

स्टेसनमा चिकन परिकार मात्र नभई शाकाहारी परिकार समेत पाइने सञ्चालक सेफ कुमार चालिसेले बताए । १ करोड बढीको लगानीमा सञ्चालित महेन्द्रनगर शाखाको सञ्चालकमा पदम बैज, प्रमानन्द भट्ट, प्रकाशदत्त भट्ट रहेका छन् । पैचो हस्पिटलाटीका सञ्चालक पदम बैजले चिकन स्टेशनमा ९० प्रकारका परिकार पाइने बताए । सोमबार अायोजना गरिएको उद्घाटन कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले उद्घाटन गरेका छन् ।

स्थानीय तहको अावश्यक सहयोग रहने र चिकन स्टेशनले पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताए । चिकन स्टेशनले ग्राहकहरुलाई १५ प्रतिसत छुटको व्यवस्था गरेको छ।


ताजा समाचार

spot_img