कञ्चनपुर : नेकपा विप्लव–बहुमतका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । निर्वाचनकै मुखमा विप्लव बहुमत कञ्चनपुरका केही नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन । बिहीबार भीमदत्त नगरमा एक कार्यक्रमका विच पाटी प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता रामदत्त भट्टले विप्लव, बहुमतका दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेको बताए ।

उनका अनुसार नेकपा विप्लव कञ्चनपुरका सचिवालय सदस्य रघुबिर जोशी, खडक धामी, तेज बहादुर चन्द, नगर सदस्य अनिल राम चुनारा, तेजराम चुनारा, पदम नाथ, प्रजापति नाथ किसन राम महर, करण लुहार, उमाकान्त नाथ र नेकपा बहुमत निकट अखिल क्रान्तिकारी जिल्ला संयोजक हरिस सिह ऐरीले माओवादी केन्द्रमा प्रवेस गरेका हुन । उनीहरुले संयुक्त विज्ञप्ती निकाल्दै सबै माओवादी मुल धारमा आएको बताएका छन । ‘यो प्रवेस होईन पार्टी धुव्रिकरण हो, ‘नेता भट्टले भने, ‘सबै माओवादी एकजुट हुँदैछौँ ।’ बुद्धिजिवी संगठन कञ्चनपुरका अध्यक्ष बिरेन्द्र सिह साउदले जनयुद्ध का सम्पूर्ण उपलब्धि हरुलाई संस्थापक गर्न सम्पुर्ण बामपंथी एकताको धु्रवीकरण अपरिहार्य छ।पुर्व माओवादी एकजुट भईरहेको बताए । माओवादी केन्द्र कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्रं प्रशाद भट्टको अध्यक्षतामा भएको कार्यक्तममा पार्टीका पोल्टिब्यूरो सदस्य ओम पुनको प्रमुख आथित्यका कार्यक्रम भएको थियो ।

कार्यक्तममा माओवादी युवा दिपक साउद९शिखर०ले स्वागत मन्तव्य राख्दै पार्टीका उम्मेदवार जिताउन पुर्व माओवादी एकजुट भएको बताए । अर्का नेता देवेन्द्र ढुङगाले पनि बाम गठबन्धनका उम्मेदवार जिताउनका लागि नेता कार्यकर्ता धुव्रिककरण सकारात्मक विषय भएको बताए । विप्लव, बहुमत छाडेर माओवादी मुल घरमै फर्किएका नेता कार्यकर्ताले ससंदीय व्यवस्थामाथि आरोप लगाएर मात्रै नहुने चुनाव बहिस्कार भन्दा जनताको विचमा एजेण्डा लिएर चुनावमा होमिनुपर्ने बताएका छन ।







