कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ७ बसन्तपुरका स्थानीयले काङलाखोलाको कटानीको माग अघि सारेका छन । चुरे भएर बग्ने काङलाखोलाले बर्षनी बेदकोट नगरपालिका ७ बसन्तपुरका कटानी तथा वाढी निम्तियाएको छ । पारी भीमदत्त नगरपालिका २ उल्टाखाम बस्तीसंगै जोडिएको उक्त बेदकोट नगरपालिका ७ बसन्तपुरका स्थानीय नदीको कटानीबाट प्रतारित छन । दशौँ तिहार नजिकिदै जाँदा जिल्लाका अन्य भेगका स्थानीय दशौँ तिहारमा रमाएका छन । भने बसन्तपुर खोला तटिय क्षेत्रका स्थानीय कतै वाढीले घरखेत बगाउने चिन्तामा छन । बसन्तपुरका स्थानीय पार्वती पार्कीले खोला किनारमा घर हुँदा हरेक बर्ष विपद्को सामना गर्नुपरेको दुखेसो पोखिन ।
उनले हरेक निर्वाचनमा नेताहरुले घरदैलोमै आएर भोट माग्ने तर, आफुहरुलाई विपद्बाट जोगाईदिनका लागि तटबन्ध समेत निर्माण नगरिदिएको दुखेसो पोखिन । ‘चुनावका बेला मत माग्न आउँछन, ‘उनले भनिन, ‘चुनाव जितेपछि गाँउ फर्किदैनन्, हामीलाई कुन दिन खोलाले बगाउँछु ।’ अर्का स्थानीय श्याम लाल रानाले बर्षनी नदीले जमिन कटानी हुँदा समेत सरकारी निकायबाट तटबन्ध निर्माणका लागि पहल नभएको बताए । अर्का स्थानीय गम्भिर चन्दले स्थानीय निकायदेखि अन्य सरकारी निकायमा धाँउदा समेत मागप्रति वेवास्ता गरिएको बताए । उनले बेदकोट नगरपालिका ९ सुन्दरपुर जोड्नका लागि समेत कनकट्टी खोला र काङलाखोलामा पुल नहुँदा स्थानीय सहित विद्यार्थीलाई समस्या हुने गरेको बताए । ‘दुवै खोलामा पुल छैन, ‘चन्दले भने, ‘यहाँ स्थानीय सहित विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ ।’ बेदकोटका स्थानीय काँग्रेस नेता सिरोमण कुमार ओझा(सुर्य)ले बसन्तपुर नदी खोला किनारका जनताको समस्या बारे सम्बन्धीत निकायमा प्रभावकारी पहल गर्ने बताए ।
‘यहाँका जनताको यो कहालीलाग्दो समस्या छ, ‘उनले भने, ‘सुनिदिने कसले अब सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँछु ।’ स्थानीय बेदकोट सरकारले बसन्तपुरका स्थानीयको विपद् तथा यातायातको समस्या समाधान गर्नका लागि तयार रहेको जनाएको छ । बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपालीले बसन्तपुरको यातायात सहजताका लागि खोलामा पुल निर्माणदेखि तटबन्ध निर्माण गरिने बताए । ‘हामीले स्थानीय स्रोतबाट भ्याए अनुरुप जनताको समस्या समाधान गछौँ, ‘उनले भने, ‘स्थानीय स्रोतबाट नभए माथिल्ला निकायबाट पहल गछौँ ।’ स्थानीयले पटक पटकका निर्वाचनमा जित्ने उम्मेदवार सरकारले आवश्वासन मात्रै दिने, तर जनताको समस्या नबुझिदिदा अहिलेको सरकारले समेत गर्न कि गर्दैन भनेर विश्वास नै लाग्न छाडेको बताएका छन ।






