कञ्चनपुर : युवा पुस्ताको रोजाईको प्रमुख पल्सर मोटरसाईकलको नयाँ ब्राण्ड बजारमा आएको छ । पल्सर मोटरसाईकलका नयाँ ब्राण्ड एन १६० र २५० महेन्द्रनगर बजारमा आएका आएका हुन ।

हंसराज हुलासचन्द एण्ड कम्पनी बजारका मोटरसाईकल, स्कुटीको आधिकारिक बिक्रिेता केएम ईन्टरप्राईजेजले नयाँ ब्राण्डका मोटरसाईकल बजारमा ल्याएको हो । बुधबार एक कार्यक्रमका विच केएम ईन्टरप्राईजेजका संचालक क्रोज मोहपालले मोटरसाईकलको उद्घाटन गरेका छन ।

मोबाईल चार्ज सहित रहेको उक्त दुवै मोटरसाईकलमा विभिन्न विशेषता रहेका छन । एन १६० ३ लाख,७९हजार ९सय र एन २५०४लाख, ८९ हजार, ९सय रुपैया मुल्य निर्धारण गरिएको छ ।







