कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर माध्यामिक विद्यालयमा अध्ययनरत मृतक छात्राको घर परिवारलार्ई किरियाखर्च उपलब्ध गराईएको छ । भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रंनगर माध्यामिक विद्यालय(साधारण) स्कुलमा अध्ययनरत विद्यार्थी पारस भट्टको घर परिवारलार्ई किरियाखर्च दिईएको हो । गत साता महेन्द्रनगर माविका कक्षा ८ मा अध्ययनरत विद्यार्थी पारस भट्टको निधन भएको थियो ।

महेन्द्रंनगर माध्यामिक विद्यालयका उच्च मावि संयोजक लोकेन्द्र प्रशाद जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट नेतृत्वमा पिटिए अध्यक्ष अम्बादत्त जोशी, प्रअ ललित सिह साउद, कर्मचारी महानन्द पाण्डेय सहित गएर रकम हस्तान्तरण गरेका थिए । अध्यक्ष विष्ट आफैले सहयोग रकम संकलन शुरुवात गरेका थिए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र देवकोटा, विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारीबाट रकम संकलन गरेर ३८ हजार ८५रुपैँया सहयोग गरिएको बताए । सोमबार अध्यक्ष विष्टले मृतक भट्टका घर परिवारलाई हस्तान्तरण गरेका छन ।







