एकीकृत पोषण बारे जनप्रतिनिधीसंग कार्यशाला गोष्ठी सम्पन्न

 स्थानीय तहमा एकीकृत पोषण कार्यक्रम अनिवार्य गर्नु पर्नेमा जोड


कञ्चनपुर: एकीकृत पोषण कार्यक्रम बारे कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनप्रतिनिधीसंग छलफल गरिएको छ ।No description available.

नेपाल राष्ट्रिय समाज कल्याण संघ ( एनएनएसडब्लूए) ले सन २०१६ अक्टोबर बाट संचालित सुआहारा कार्यक्रम कञ्चनपुर जिल्लाका सम्पुर्ण गाउँ, नगरपालिकामा संचालन गरिएको पोषण सम्बन्धि कार्यक्रम अन्तर्गत शुक्रबार भीमदत्त नगरका जनप्रतिनिधीसग एकीकृत पोषणबारे छलफल गरेको हो ।No description available.

सेप्टेम्बर २०२२ मा समापन हुन लागेको उक्त परियोजनाले गर्भवती महिला र २ वर्ष मुनिका बालबालिका हरुका साथै महिला किशोरी हरुको पोषणमा सुधार ल्याउने उद्देश्यका साथ परियोजना अन्तर्गत कार्यक्रम संचालनमा ल्याएको थियो। No description available.जसमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा रहेको उक्त पोषण सम्बन्धि कार्यक्रमको केही जिल्लामा निरन्तर संचालन हुने छन् भने केही जिल्लामा भने कार्यक्रमले निरन्तरता नहुने भएको छ। कार्यक्रममा स्थानीय तहमा एकीकृत पोषण कार्यक्रमको दिगोपना तथा सिकाई आदान प्रद्यान कार्यक्रम अन्र्तरगत भीमदत्त नगरका जनप्रतिनिधी, शिक्षा, स्वास्थ्य एव महिला शाखाका कर्मचारीसंग छलफल गरेको छ ।No description available.

भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले अहिलको बालक भोलीको भविष्य भएकाले पोषणमा केन्द्रीत हुनुपर्नेमा जोडदिए । कार्यक्रममा भीमदत्त नगरपालिका स्वाथ्य शाखाका उप प्रमुख भीम महरा, सुआहाराका प्राविधिक संयोजक रजनी चौधरी, सुआहाराका फिल्ड कोडिनेटर खगेन्द्र विष्टले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहमा एकीकृत पोषण कार्यक्रम अनिवार्य रहेको बताएका छन ।No description available. भीमदत्त नगरका जनप्रतिनिधीले समेत पोषण कार्यक्रम प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन । भीमदत्त नगरपालिका समाजिक विकास समिति संयोजक शुशिल प्रशाद भट्टले एकीकृत पोषण कार्यक्रम प्रभावकारीमा बनाउने बताएका छन । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिका नवनिर्वाचित जनप्रतिनिधिहरु संघ एकीकृत पोषण सम्बन्धि कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको थियो।No description available.


ताजा समाचार

spot_img