दोधारा । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा नव आगन्तुक प्रहरी निरिक्षकको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार, नेपाली काग्रेंसका नेता राजेन्द्र मल्ल, बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष, अधिकारकर्मी खिमा चन्द लगाएत राजनितिक दलका प्रतिनिधी, सुरक्षाकर्मी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

यस अघि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षकमा रोशन पाँण्डे कार्यरत रहेका थिए । प्रहरी निरिक्षकको पाँण्डेको बिदाई संगै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा प्रहरी निरिक्षकमा अर्जुन सिंह साँउद आएका हुन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सुरक्षा अवस्थाको बारेमा समेत छलफल गरिएको थियो । स्थानिय, जनप्रतिनिधी तथा राजनितिक दलका प्रतिनिधीहरुले दोधारा चाँदनी नगरपालिका क्षेत्रको सुरक्षा अवस्था र भारत संग सिमा जोडिएको नगरपालिका भएको कारण भोग्दै गरेको समस्या औल्याएका थिए ।







