सामाजिक दिवसको अवसरमा किशोरीहरुलाई माईती नेपालको अनुशिक्षण (भिडियो)


दोधारा । दोधारा । ४३ औं सामाजिक दिवसको अवसर पारेर माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका १८ वर्ष भन्दा मुनीका २० जना किशोरीहरुलाई मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । मानव बेचबिखन बिरुद्ध किशोरीहरु मार्फत समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले माइती नेपालले अनुशिक्षणको आयोजना गरिएको संयोजक भट्टले बताएका छन् । मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षणको उद्धघाटन सत्रका अध्यक्षता बेचबिखन बिरुद्धको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द रहेका थिए भने, प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी रहेका थिए ।

यस्तै अतिथीमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडा सदस्य पार्वती सुनार लगाएतको उपस्थिती रहेको थियो । दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले मानब बेचबिखन तथा ओसार पसार बिरुद्धमा सबै एक जुट भएर लाग्नु पर्ने बताएका छन् । मानव बेचबिखन एक जघन्य अपराध भएको बताउदै अपराधलाई रोक्न माईती नेपाल संग स्थानिय सरकार सहकार्य गर्न दोधारा चाँदनी नगरपालिका कार्यालय तयार रहेको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले मानव वेचविखनका बिरुद्धमा किशोरीहरुको भुमिका बारेमा सहजीकरण गरेका थिए । मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारको बारेमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सहजीकरण गरेका थिए । दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाका २० जना किशोरीहरुको सहभागितामा संचालन भएको मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको कार्यक्रममा सहभागी एक किशोरी आकृती कसेराले बताएका छन् ।

मानब बेचबिखन तथा ओसार पसार, कानुनी उपचारको बारेमा र माईती नेपालले मानव बेचबिखनका बिरुद्धमा गर्दै आएको प्रयासको बारेमा जानकारी पाएको सहभागी आकृती कसेराले बताएका छन् । मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अंग भिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको कार्यक्रममा सहभागी किशोरीहरुलाई जानकारी गराईएको छ् । अनुशिक्षणमा सहभागीहरुले आफुहरु सहभागी हुन पाएको खुशी ब्यक्त गरेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी आम किशोरीलाई सचेत पार्नु अपरिहार्य भएकाले संचालन गरिएको अनुशिक्षण समय सान्द्रभिक रहेको सहभागीहरुले बताए ।

बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ, कानुनी उपचारको बारेमा कार्यक्रममा सिकाई भएको बताईएको छ् । अनुशिक्षणमा सहभागीहरु उत्सुकता साथ सहभागी भएका थिए । आगामी दिनहरुमा माईती नेपालले सामाजलाई सजग बनाउने यस्ता कार्यक्रम बस्तीमा संचालन गर्न समेत सहभागीहरुले माईती नेपाललाई आग्रह गरेका छन् ।

माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img