सामुदायिक विद्यालयको विकास र शैक्षिक स्तरबृद्धिका लागि अभिभावकसंग अन्तरकृया


कञ्चनपुर:लालझाडी गाँउपालिकाको एक सामुदायिक विद्यालयले अभिभावक सहित सरोकारवाला पक्षसंग विद्यालयको अवस्था र सुविधाका लागि अन्तरकृया गरेको छ । बुधबार लालझाडी गाँउपालिका ५ देखतभूलीको बैजनाथ बालज्योती आधारभूत विद्यालयले अभिभावक सहित सरोकारवाला पक्षसंग विद्यालयको अवस्था र सुविधाका लागि अन्तरकृया गरेको हो । विद्यालयका प्रध्यानाध्यापक नारायण दत्त पाण्डेलेले विद्यालयको सामाजिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गर्दै अहिले विद्यालयको भौतिक तथा शैक्षिक प्रगतिक चिन्ताजनक रहेको औल्याए ।

प्रअ पाण्डेलले विद्यालयको भौतिक बृद्धि विकासका साथै शैक्षिक गुणस्तरबृद्धि गर्ने उदेश्यका साथ त्रैमासिक परीक्षाको नतिजा सहित अभिभावक सरोकावाला पक्षसंग छलफल गरेको बताए । हाल विद्यालयमा १७६मात्रै विद्यार्थी रहेकाले विद्यालयमा कसरी विद्यार्थीको आकर्षण बढाउन सकिने विषयबारेमा छलफल गरिएको थियो । कार्यक्रममा सरोकारवाला निकायले विद्यालयको बृद्धि विकासका लागि आ–आफ्नो ठाँउबाट पहल गर्नुपर्नेमा जोडदिएका छन । लालझाडी गाँउपालिका शिक्षा शाखाका प्राविधिक सहायक कुँवेर बहादुर बमले अभिभावकले समेत आफ्ना सन्तानको अध्ययनमा विशेष चासो दिनुपर्ने बताए । ‘हामीले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि गर्नुपर्ने काम गछौँ, ‘उनले भने, ‘तपाई पनि आफ्नो सन्तानलाई दैनिक १५ मिनेटजति समय दिनुहोस ।’

लालझाडी गाँउपालिका ५ का वडाध्यक्ष पहल बहादुर थापाले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि शिक्षक, अभिभावको समेत भूमिका हुने भएकाले स्थानीय तहबाट गर्नुपर्ने आफुहरुले सहयोग गर्ने बाँकी काममा ध्यान दिन आब्हान गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि निर्मल रानाले शैक्षिक स्तर बृद्धिका लागि शिक्षकले मेहनत गर्नुपर्र्ने र अभिभावकले समेत सहयोगमा जोडदिए । गाँउप्रमुख रानाले पालिकाबाट भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने बताए । कार्यक्तममा विद्यालयमा आर्थिक सहयोग गर्ने स्वयम प्रअ नारायण दत्त पाण्डे र अपि सामुदायिक वनलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार विष्टले ग्रामिण भेगको विद्यालयलको बृद्धि विकासका लागि सबै शिक्षासंग सरोकारवाला राख्ने निकायबाट सहयोगको अपिल गरेका छन ।


ताजा समाचार

spot_img