महाकाली पक्की पुल निमार्ण संगै भारतियहरुको ब्यावसायमा चाँसो


दोधारा : महाकाली नदिमा पक्की पुल तथा सडक संजाल निमार्ण संगै भारतिय व्यवसायीहरु यहाँ व्यवसायमा लगानी लगाउन चाँसो देखाउन थालेका छन् । महाकाली नदीमा ४ लेनको पक्की पुल निमार्ण संगै सडक संजालले जोडिन थाले पछि भारतिय ब्यवसायी तथा त्यहाँका नेताहरुले आफ्नो व्यवसाय गर्ने ईच्छा प्रकट गर्न थालेका हुन् । भारतिय व्यवसायीहरु आफुहरुले व्यवसाय गर्ने ईच्छा प्रकट गर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई भेट गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा निमार्ण क्रममा रहेको महाकाली पक्की पुलमा भेट गरि भारतिय व्यापारी तथा नेताहरुले मेयर लिम्बुलाई ब्यवसाय गर्नमा चाँसो देखाएका हुन् ।

भारतिय व्यापारीहरु आशिष राय, गौरव त्यागी, शंकर जोशी, अन्सार सक्लेनी तथा भारतिय काग्रेंसका नेता कमान सिंह लगाएत टोलीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु संग भेट गरि व्यवसायमा लगानी लगाउनमा चाँसो प्रकट गरेका हुन् । उनिहरुले दुग्घ ब्यवसाय तथा होटेल ब्यवसाय गर्न सहजताको बारेमा मेयर लिम्बु संग जानकारी लिएका छन् । महाकाली नदीमा निमार्ण क्रममा रहेको पक्की पुल तथा सुख्खा बन्दरगाहाले दोधारा चाँदनी नगरपालिकाको मात्रै नभई देशकै मुहार फेरिने बताउदै दोधारा चाँदनी नगरपालिकामा व्यवसाय गर्दा निकै फष्टाउने भारतिय व्यापारीहरुले बताएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img