कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर नमुना मावि (साधारण) विद्यालय विज्ञान प्रर्दशनीमा प्रथम भएको छ । विज्ञान दिवसको अवसर पारेर भीमदत्त नगरपालिकाले आयोजना गरेको विज्ञान प्रर्दशनीमा महेन्द्रनगर नमुना मावि(साधारण) प्रथम भएको हो ।

प्रथम भएको विद्यालयलाई पुरस्कार वितरण गरिएको छ । महेन्द्रनगर नमुना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यार्थी, शिक्षकको अथाह मेहनतले सफलता मिलेको बताए ।







