कञ्चनपुर : योङ कम्युनिष्ट लिग (वाईसियल)नेपाल कञ्चनपुरको जिल्ला इन्चार्जमा शुचित्र शाहलाई जिम्मेबारी दिईएको छ । नेकपा माओवादी केन्द्रको युवा सहायक संगठन वाईसियल नेपाल कञ्चनपुरको जिल्ला इन्चार्जमा शाहलाई जिम्मेबारी दिएको हो ।

वाईसियल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट शाहलाई केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको जिम्मेबारी दिएको छ । झण्डै डेढ दशकदेखि राजनीतिमा सकृय शाह यस अघिवाईसियल जिल्ला अध्यक्ष हुन । उनी जिल्ला इन्चार्जको जिम्मेबारीमा आएसंगै संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।







