यि हुन झलारीपिपलाडी उद्योग वाणिज्य संघ हाक्ने कमाण्डर


कञ्चनपुर : कञ्चनपुरको झलारी पिपलाडी उद्योग वाणिज्य संघको अध्यक्षमा धिरेन्द्र साउद चयन भएका छन । संघको सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा साउद चयन भएका हुन । उद्योग उपाध्यक्ष बासुदेव भण्डारी, बस्तुगत उपाध्यक्ष राजेश धामी, वाणिज्य उपाध्यक्ष खगेन्द्र प्रशाद पाण्डे, महासचिव मदनराज जोशी, सचिव धर्मानन्द भट्ट, कोषाध्यक्ष कलावती भट्ट चयन भएका छन ।

भने सदस्यहरु तर्फ धर्म शाही, नारन्तीदेवी ऐर, रामेश रावल र विक्रम शाहु रहेका छन । सहमतीय आधारबाट संघको कार्य समिति तयन भएको छ । झलारी पिपलाडी उद्योग वाणिज्य संघको अध्यक्षमा धिरेन्द्र साउदले आम उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रण गरेका छन । संघको साधारण सभाको उद्घाटन शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले गरेका थिए ।


ताजा समाचार

spot_img