रासस कार्यालय कञ्चनपुर भवनको उदघाटन


महेन्द्रनगर : राष्ट्रिय समाचार समिती (रासस) कार्यालय कञ्चनपुरको बुधवार भवनको समुद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री माननिय प्रकाश रावलले समुद्घाटन गरेका हुन् । राससका केन्द्रिय कार्यकारी अध्यक्ष तथा बिशिष्ट अतिथीमा रहेका धर्मेन्द्र झाले २०१८ साल देखि हस्त लिखित समाचारबाट सुरु भएको राससले सञ्चारको माध्यममा निकै ठुलो फड्को मारेको बताए । प्रदेश सरकारको पहल तथा आर्थिक सहयोगमा निर्मित भवन सबै सञ्चार माध्यमको साझा भएको र सुदूरपश्चिममा ससञ्चारको क्षेत्रमा अहम भुमिका निर्वाह गर्नेमा आफु विस्वस्त रहेको बताए । ‘रासस आम सञ्चारको पनि सञ्चार हो’ उनले भने, ‘आम जनताले मिडियाबाट जानकारी पाउँछन भने मिडियाले राससबाट जानकारी पाउछँन त्यही भएर मिडियाको पनि मिडिया भएको हो ।’ सुचना बिना लोकतन्त्र अगाढी बढन सक्दैन, लोकतन्त्र स्थापित हुन सक्दैन,जुन देशमा मिडिया स्वतन्त्र छ त्यहाँको विकास आर्थिक पाटो सबै अगाढी बढेको हुन्छ त्यही भएर समग्र सुदूरपश्चिमको नेतृत्व वहन गर्न राससले अहम भुमिका खेल्ने छ ।

अध्यक्ष झाले भने, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री माननिय प्रकाश रावलले राष्ट्रको चौथो अंगको रुपमा रहेका पत्रकारितालाई व्यवस्थित बनाउन , सक्रिय बनाउन, सम्वद्र्धन गर्न प्रदेश सरकारले राससको कार्यालय निर्माणमा बजेट सहयोग गरेको बताए । प्रदेश भरी छरिएर रहेका पत्रकारहरुको व्यवस्थापन गर्ने र बिभिन्न सञ्चार माध्यमलाई आर्थिक सहयोग , क्षमता अभिवृद्धि, सञ्चार माध्यमको गुणस्तरमा निखार ल्याउने लगायतको क्षेत्रमा सहयोग गर्दै आएको र फेरी पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । यो रासस समितीले सही, विस्वसनिय, पक्ष विपक्ष नरहेर सधै निश्पक्ष भएर प्रदेशका समाचारहरुलाई बाहिर ल्याएर आम जनतालाई सुचनाको माध्यमले जोडनेमा आफनो अग्रसरता देखाउने काम गर्न आग्रह गरे । प्रदेश सरकारले भवन निर्माण गर्नका लागि आव २०/७८ मा २० लाख ७८/७९ मा २५ लाख र ७९/८० मा ५ लाखरुपैँया विनियोजन गरेका थियो


ताजा समाचार

spot_img