कञ्चनपुर: कञ्चनपुरका युवा निर्माण व्यवसासी ज्ञानेन्द्र फुयाल सम्मानित भएका छन । राष्ट्रिय समाचार समिति(रासस)ले निर्माण व्यवसायी फुयाललाई सम्मान गरेको हो । बुधबार रासस कञ्चनपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी फुयाललाई सम्मान गरिएको छ ।

जिके गु्रफ निर्माण सेवाका संचालक फुयालले समयमै गुणस्तरिय भवन निर्माण गरेको भन्दै राससले उनलाई प्रमाण पत्र सहित सम्मान गरेको हो । गत आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय मार्फत रासस कञ्चनपुरको एक तले पक्की भवन निर्माण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला मन्त्री प्रकास बहादृुर रावल र राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्माण व्यवसायी फुयाललाई प्रमाण पत्र दिदै सम्मान गरेका छन । उक्त भवन निर्माणको जिम्मा जिके गु्रफ निर्माण सेवाले पाएको थियो । निर्माण व्यवसायी फुयाल विगत एक दशकदेखि निर्माण व्यवसाय क्षेत्रमा काम गर्दै आएका छन ।







