चाडपर्वलाई लक्षित गर्दै दोधारा चाँदनीमा सुरक्षा अधिकारी र स्थानिय बिच छलफल


दोधारा । चाडपर्वलाई लक्षित गर्दै दोधारा चाँदनीमा सुरक्षा अधिकारी र स्थानियहरुको बिच छलफल सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा एक कार्यक्रमको बिच छलफल सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको खुला सिमा क्षेत्रमा स्थानियहरुले सिमावर्ती भारतिय बजारबाट दैनिक उपभोग्यका सामग्री ल्याउनमा नेपाली सुरक्षाकर्मीहरुले रोकटोक गर्दै आएको जनगुनासोको आधारमा आजको छलफल संचालन गरिएको बताईएको छ् ।

स्थानियहरुले सिमावर्ती भारतिय बजारबाट ल्याउने दैनिक उपभोग्य सामग्रीमा नेपाली सुरक्षाकर्मीबाट हुने गरेको समस्याको बारेमा छलफल गरिएको थियो । नजिकिदै गरेको चाडपर्वमा स्थानियहरुले सिमावर्ती भारतिय बजारबाट दैनिक उपभोग्य समान खरिद गर्दा नेपाली प्रशासनले रोकटोक नगर्न अनुरोध गरेका छन् । छलफलमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका सुरक्षा अधिकारी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रतिनिधी, स्थानियहरु, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका नगरप्रबक्ता ओंम बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img